अमेरिकन सैनिकनको उच्च ओहदामा पुगिन स्याङ्जाकी चेली अस्मिता ।

प्रकाशित मिति:

बुटवल – अमेरिकामा एक नेपाली किशोरी अमेरिकन सैनिक संगठनको उच्च ओहदा सेकेण्ड लेफ्टिनेन्ट पद मा नियुक्त भएकी छिन् । स्याङ्जाको फेदीखोला ४ टोर्केकी अस्मिता गुरुङ उक्त पदमा नियुक्त हुनु भएको हो । उहाँले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ समेत लिई सक्नु भएको छ ।

को हुन अस्मिता ?  विसं २०४६ साल मंसिर २९ गते स्याङ्जामा जन्मिनु भएकी गुरुङको बाल्यकालमा आफ्नै गाउँबाट भएको हो प्रारम्भिक शिक्षा गाँउमा ने हासिल गर्नु भएको हो । पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली गरी, सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट +२ गरी उहाँ अमेरिका पुग्नु भएको हो । अस्मिताले टेक्सास राज्यमा रहेको एक कलेजबाट ब्याचलर अफ साइन्स नर्सिङ मा स्नातक गर्नु भएको छ । अस्मिताले भविष्यमा सक्रिय ड्युटी नर्स कर्पाेरेशनमा रहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

परिवार :  अस्मिताको बाजे स्व. मनबहादुर गुरुङ, बज्यै रामकुमारी गुरुङ, बुबा आइबहादुर गुरुङ, आमा मनशोभा गुरुङ हुन । उहाँका बुबा आइबहादुर अवकास प्राप्त भारतीय सेना हुन, उनी हाल हङकङमा कार्यरत छन । – नागरिकअवर