एक लाख घूससहित सव–इन्जिनियर श्रेष्ठ रंगेहात पक्राउ

प्रकाशित मिति:

काठमाडौँ  – माडी–लुङ्ग्री–करिडोर सिचाई आयोजना, रोल्पामा कार्यरत सव–इन्जिनियर तारा श्रेष्ठ एक लाख घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिइ गएको टोलीले श्रेष्ठलाई उनकै कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

श्रेष्ठले उक्त सिचाई आयोजनाको अन्तिम बिल भुक्तानी गर्दा सेवाग्राहीसंग घूस रकम माग गरेको अख्तियारका सह–सचिव काली प्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार यसबारे थप अनुसन्धान भईरहेको छ ।