वक्तृत्वकला कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

ईज्जत कंडेल/ तिलोत्तमा –तिलोत्तमा न.पा. अतिरीक्त क्रियाकलाप समितिद्धारा नगर स्तरिय मा.वि. “जिवनोपयोगी शिक्षा, हाम्रो अपेक्षा” भन्ने विषयको वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएकोमा नगरपालिका भित्रका १९ वटा विद्यालयहरु सहभागि थिए ।

सहभागि विद्यालयहरु मध्य श्री जनजागृति मा.वि. कि छात्रा स्नेहा पौडेल प्रथम भई रु ७०००।– सहित सिल्ड तथा प्रमाणपत्र, श्री शान्ति नमूना मा.वि. कि छात्रा सन्ध्या वास्ताकोटी द्धितीय भई रु. ५०००।– सिल्ड तथा प्रमाणपत्र, श्री गिर्वाण मा.वि. का छात्र किरण भट्टराई तृतीय भई रु. ३०००।– सिल्ड तथा प्रमाणपत्र र श्री जनभावना मा. वि. का छात्र सृजन भण्डारी सान्त्वना भई रु. २०००।– सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । उक्त कार्यक्रम शान्ति नमूना मा.वि. का प्र.अ. कुल प्रसाद लामिछानेको अध्यक्षता, ति.न.पा. का प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद सापकोटाको प्रमुख अतिथ्यता तथा जनभावना मा.वि. का प्र.अ. सम्भु प्रसाद पराजुलीको सञ्चालनमा भएको कार्यक्रम मा अतिरिक्त क्रियाकलाप संयोजक तथा जनजागृति मा.वि. का प्र.अ. स्वागत तथा कार्यक्रमको महत्व तथा आवश्यक्ता माथि प्रकाश पार्नु भएको थियो ।

सोहि कार्यक्रममा पूर्व जि.शि.अ. टेक बहादुर थापा, शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष डिल्लिराज भण्डारी, तिलोत्तमा न.पा.का वि.नि. सुदिप गिरिले आफ्ना भनाइहरु राख्नु भएको थियो । प्रमुख अतिथि ति.न.पा. का प्रमुख प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद सापकोटाले नगरपालिका भित्र गरिने सम्पूर्ण अतिरिक्त क्रियाकलापहरुलाई आगामि बर्षको बजेटमा समावेश गरि अझै प्रभावकारी र ससक्त रुपमा संचालन गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो । सो वक्तृत्वकला कार्यक्रमको निर्णायकमण्डलमा बहुमुखी क्यम्पस बुटवलका उप–प्रध्यापक ऋषिराम भुसाल र प्रेम तिवारी हुनुहुन्थ्यो ।