सिमसार सरक्षण मञ्चको छैठौँ साधारण सभा एवं तेस्रो अधिवेसन संम्पन्न

प्रकाशित मिति:

नवलपरासी-पश्चिम नवलपरासीको बर्दघाट १० पञ्चनगरमा अवस्थित बाउन्न खोला सिमसार सरक्षण मञ्चको छैठौँ साधारण सभा एवं तेस्रो अधिवेसन शुक्रबार पञ्चनगरमा संम्पन्न भएको छ । मञ्चका अध्यक्ष यादव प्रसाद खनालको अध्यक्षतामा सम्पन्न भएको अधिबेशनले आागमी कार्यकालको लागी कुलदेव श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

जसको उपाध्यक्षमा गोविन्द प्रसाद पाण्डे, सचिवमा देवि प्रसाद अधिकारी, सहसचिव वुद्धि प्रसाद भट्टराई, कोषाध्यक्षमा टिका पौडेल अधिकारी रहनुभएको छ भने सदस्यहरुमा छविलाल तिमलसिना, पुरन थापा, पार्वती क्षेत्री, मुक्ति भुसाल, लिला बहादुर पुन लगाउत रहनुभएको छ ।