भूवन केसी र नायिका रीमा विश्वकर्माको बिहे नवलपरासीमा

प्रकाशित मिति:

नायक भूवन केसीको दुलही नायिका रीमा विश्वकर्मा बनिन् भन्दा तपाइलाई अनौठो लाग्न सक्छ । तर, नवलपरासीमा भने भूवन केसीले नायिका रीमा विश्वकर्मासँग बिहे गरेका छन् । तर, भूवन केसी र रीमा विश्वकर्माको बिहे रियलमा भने भएको होइन ।

यतिबेला, नवलपरासीमा छायांकन भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको बिहेको दृश्य खिचिएको हो ।नायक भूवन केसी र नायिका रीमा विश्वकर्माले चलचित्रको पर्दामा धेरै पटक बिहे गरिसकेका छन् । रियल लाइफमा पनि दुबैले बिहे गरिसकेका छन् । राष्ट्रियताको कथामा निर्माण भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा भूवन केसीको दोहोरो भूमिका छ । प्रेमराज दाहालको लगानीमा बनिरहेको यो चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन छ ।चलचित्रमा बेहुला–बेहुलीको रुपमा देखिएका भूवन र रीमाको जोडी देख्दा दर्शकलाई पक्कै कौतुहलता जाग्नेछ ।