दुखद खबर, चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु

प्रकाशित मिति:

तनहुँ-तनहुँमा चितुवाले बालिकालाई घरबाटै लगेर आक्रमण गरेको छ । जिल्लाको भानु नगरपालिका २ भकुण्डोथोक बस्ने ईश्वर अधिकारीको छोरी वर्ष ९ की पुष्पा अधिकारीलाई चितुवाले घरबाटै लगेको हो ।

पुष्पाा घर भन्दा माथि करिब ५०० मिटरको दुरीमा मृत अवस्थामा फेला परेकी छन् । अफ्नै घरको खेलिरहेको अवस्थामा उनलाई चितुवाले लगेको हो । मृत पुष्पाको घाटिमा चिथोरेको डाम रहेको तर शरिरको अन्य भागमा भने क्षति नपुराएको बताइएको छ ।साँझ ९ बजे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक पुर्ण बहादर थापाको कमाण्डमा ४ र ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रे बाट प्रहरी निरीक्षक निरज डांगिको कमाण्डमा ५ जनाको टोलि घटनास्थलतर्फ गएको छ । घटनाबारे थप विवरणा आउँन बाँकी छ ।