चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

२५ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
21 Shares

File

दमौली – चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा शुक्रबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । चितुवाले बालिकालाई घरबाटै आक्रमण गरी लगेको र उनको शव घरभन्दा ५०० मिटर पर खरबारीमा फेला परेको थियो । प्रहरीका अनुसार बालिकाको घाँटीमा चितुवाले चिथोरेको डाम छ भने शरीरका अन्य भागमा कुनै क्षति छैन ।

चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र एक बालिकाको मृत्यु भइसकेको छ । । चितुवाको आक्रमणमा परी मृत्यु भएका उनीहरुलाई यसअघि नै राहतबापतको रु दश लाख प्रदान गरिसकिएको छ । गत माघ महीनामा भानु नगरपालिका–५ चुँदीरम्घा र भानु नगरपालिका–२ शेखाटारमा दुई वटा चितुवा मृतावस्थामा फेला परे पनि पुनः चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् । – रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • गाउँपालिका अध्यक्षलाई प्रदेशिको चिट्ठी – ‘डरले मरिने भए म मरेका…
  • भक्तपुरमा सुत्केरीमा कोरोना भाइरसको संक्रमण पुष्टि
  • पडसरी गा बि स पुर्ब उपाध्यक्ष केसिको निधन प्रती सभापति…
  • श्रद्धेय पार्टी सभापति शेरबहादुर देउवाज्यु लाई खुल्ला पत्र ।
  • खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिवद्धता
  • नेपालमा कोरोनाको संक्रमणबाट थप दुई जनाको मृत्यु
  • पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्यामा बृद्धि
  • विदेशमा रहेका घर फर्किन चाहने सवै नेपालीलाई स्वदेश फिर्ता ल्याउन…
  • देशभरका मालपोत कार्यालय आइतबारदेखि खुल्ने
  • सरकारले जनताको दु : ख नदेखेको कांग्रेस नेता मिनेन्द्र रिजालको…