भारतको इन्दिरा गान्धी विमानस्थलमा नेपालीलाई प्रवेश रोक !

प्रकाशित मिति:

काठमाडौं- भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली यात्रुलाई प्रवेशमा रोक लगाइएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो समस्या आएको उल्लेख गरेको छ । दूतावासले यो घटना दुखद भएको उल्लेख गरेको छ । दूतावासले ट्वीटमार्फत तुरुन्तै यो समस्या समाधान गर्ने उल्लेख गरेको छ ।