स्पोर्टस एकेडेमीले खेलकुदकर्मीको भावना बुझ्छ 

प्रकाशित मिति:

पछिल्लो समय मदन भण्डारी स्पोर्टस एकेडेमीले आफ्ना गतीबिधिहरुलाइ देशैभर चलायमान बनाइरहेको छ । खेलकुदका बिभिन्न बिधा फुटबल,क्रिक्रेट,भलीबल,बास्केटबलदेखी एथलेटिक्स सम्मका प्रतीयोगीता सन्चालन गरेर स्पोर्टस एकेडेमीले छुट्टै छाप छोड्न सफल भएको छ ।  मदन भण्डारी फाउन्डेशन अन्र्तरगत रहेको स्पोर्टस् एकेडेमी रुपन्देहीमा २०६६ सालमा स्थापना गरिएको थियो भने २०६६ साल पुस १७ गते अर्थात जनवरी वानमा यसको स्थापना दिबस मनाउने गरिन्छ ।  रुपन्देहीबाट एकेडेमीको नेतृत्व गर्दै केन्द्रिय सदस्य हुदै हाल केन्द्रिय उपाध्यक्षको भुमिकामा अब्बल देखिएका ब्यक्ति हुन – धुब्र आर्चाय ।  २०६६ सालमा संस्थापक जिल्ला उपाध्यक्ष,२०६७ सालमा जिल्ला अध्यक्ष, २०६८ सालमा केन्द्रिय सदस्य, २०७२ सालमा लुम्बिनी अन्चल इन्चार्ज हुदै एकेडेमी मार्फत बिभिन्न काम गरेका आचार्य हाल मदन भण्डारी स्पोर्टस एकेडेमीको केन्द्रिय उपाध्यक्षजस्तो महत्वपुर्ण पदमा रही काम गरिरहेका छन् । उनी नेकपाको जिल्ला सदस्य सगै बिभिन्न सामाजीक सघंसस्थाहरुमा रहेर काम गरिरहेका छन । खेलकुदको माध्यमबाट पनी परिबर्तन सम्भब छ भन्ने मान्यता राख्ने उनै आर्चाय सग दिपक न्यौपानेले गरेको सक्षिप्त कुराकानी :
 स्पोर्टस् एकेडेमीको पछिल्लो गतीबिधिहरुलाइ यहाले कसरी समिक्षा गर्नुहुन्छ ?

स्थापनाको छोटो समयमा नै मदन भण्डारी स्पोर्टस एकेडेमीले बिभिन्न खेलकुदसगै अन्य रचनात्मक कार्यक्रम सन्चालन गरीरहेको छ । युवाहरुलाइ गोलबन्द गरी खेलकुदबाट उनीहरुलाइ अगाडी बढाउने लक्ष्य एकेडेमीले लिएको छ । यहा कुनै पनी खेलाडी खेलेरै बाच्न सक्ने बाताबरण बनाउनका लागी एकेडेमीले हरपल पहल गरिरहने छ । खेलाडीलाइ ब्यबसायीक बनाउनेदेखी लिएर उनीहरुलाइ खेल र राष्ट्रियताप्रतीको भाब जगाउन पनी स्पोर्टस एकेडेमीले महत्वपुर्ण काम गरिरहेको छ ।

यहाको कार्यकालमा रुपन्देहीमा के कस्ता कार्यक्रम सम्पन्न भए र आगामी दिनमा केन्द्रले जिल्लाको एकेडेमीका कार्यक्रमलाइ कसरी अगाडी लैजाने छ ?
निकै महत्वपुर्ण प्रश्न गर्नुभयो । रुपन्देहीमा म जिल्ला अध्यक्ष र केन्द्रिय सदस्यहुदा महत्वपुर्ण कार्यक्रम सम्पन्न भए । मेरो कार्यकालमा नगर क्षेत्रीय कमिटी गठन सगै बार्षीक कार्यक्रम गरियो । प्रथम मदन भण्डारी गोल्डकप २०६८ सालमा सम्पन्न भयो । लुम्बिनी अन्चल कमिटीले सि.पि.एन. युएमल प्रेशिडेन्ट कप गर्यो । भर्खरमात्र बुटवलको रामनगरमा सर्बाधिक पुरस्कार राशिको अन्र्तराष्ट्रिय मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्र्रतीयोगीता सम्पन्न भयो । यसका अतिरिक्त बिधालयस्तरदेखी नगरस्तरका धेरै कार्यक्रम सम्पन्न भएका छन । हामीहरु बिधालयस्तर देखी नै खेलकुदका कार्यक्रमलाइ अगाडी बढाएको खण्डमा मात्र खेलकुदको बिकास सम्भब छ भन्ने मान्यता राख्छौ । अहिले पनी वडा र क्याम्पस कमिटी गठन धमाधम भइरहेका छन । र सम्पुर्ण खेलाडीको हकहितका लागी एकेडेमी सधै अगाडी रहनेछ । जहासम्म केन्द्रले जिल्लालाइ हेर्ने कुरा छ , यसमा हामी पुर्ण सहयोग गरिरहेका छौ र गर्ने नै छौ । अझ रुपन्देही जस्तो चलायमान जिल्लालाइ केन्द्रले निकै महत्वकासथ हेरेको छ ।

कतिपयले एकेडेमी एउटा पार्टी बिशेषको मात्र भयो भन्नेहरु पनी छन नी ?

त्यो कदापी होइन ।  महान बिचारका धनी स्व. मदन भण्डारीको नामबाट यसलाइ अगाडी बढाइएको छ । तर खेलकुदमा लाग्ने जोकोही पनी यसमा आबद्ध हुनसक्नुहुन्छ । हामी खेलकुदै बिकासका लागी भनेर लागीपरेका छौ । सबैले सहकार्य गरेर तपाइ हाम्रो साझा उदेश्यलाइ पुर्ती गर्नु आजको आबश्यकता पनी हो ।

अन्त्यमा स्पोर्टस एकेडेमीको बारेमा केहि भन्न मन लागेको कुरा छ भने कृपया राख्न सक्नुहुन्छ ?
। आउनुहोस हामी सबै खेलकुदप्रेमीहरु गोलबन्द हुन जरुरी छ । नेपाललाइ खेलकुद क्षेत्रलाइ अगाडी बढाउन दिर्घकालीन योजनासहित मदन भण्डारी स्पोर्टस एकेडेमी अगाडी बढीरहेको छ । देशब्यापी रुपमा कुनै न कुनै स्पोर्टस इभेन्ट हामीहरु गरिरहेका हुन्छौ । त्यसमा सहभागी बनौ सुखी नेपाली र समृद्ध नेपाल निर्माणमा खेलक्षेत्रबाट पनी हातेमालो गरौ । धन्यबाद ।