भोलि सार्वजनिक बिदा

प्रकाशित मिति:

काठमाडौं –  सरकारले भोलि (आइतबार) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकामा आइतबार बिदा दिने निर्णय भएको हो ।

सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुका साथै जात्राको तयारीसमेत भइरहेको छ । रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको छ भने जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्रा मनाउने गरिन्छ ।