आयुर्वेद चिकित्साबारे अभिमुखिकरण

२५ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
43 Shares


बुटवल । लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलको आयोजनामा बुटवलमा आयुर्वेद चिकित्साबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश ५ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका डा. बुद्धि पौडेल र डा. कलावति विक,जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केहरसिंह गोदार लगायतले आयुर्वेद र योगको महत्वबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।

आयुर्वेद उपचार पद्दति र आयुर्वेदिक औषधिले मानव शरीरलाई कुनै साइड इफेक्ट नगर्ने हुंदा यसलाई गाउंगाउंसम्म प्रवद्र्धन गर्नुपर्नेमा उनीहरुले जोड दिए । लुम्बिनी आयुर्वेद चिकित्सालयका कार्यालय प्रमुख डा. नलिननाथ तिवारीको अध्यक्षता र जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चिकित्सालयका वैद्य विष्णुहरि आचार्यले कार्यक्रम संचालन गर्दै प्रदेश ५ सरकारले प्रदेशका १२ वटै जिल्लाका सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा र उपचारलाई प्रवद्र्धन गर्ने नीति अनुसार चिकित्सालयले अभिमुखीकरण कार्यक्रम गरेको बताए । कार्यक्रममा रुपन्देहीका स्थानीय तहका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत लगायत आयुर्वेदबारे सरोकारवालाको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया