सचेत रहनुहोला ,सर्पको टोकाईको विरामीको संख्यामा वृद्धि

प्रकाशित मिति:

विराटनगर –केही दिन यता बढेको अत्यधिक गर्मीका कारण विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा सर्प टोकाईका विरामीहरुको संख्यामा वृद्धि भएको छ ।विरामीको चाप बढेपछि विराटनगर स्थित कोशी अञ्चल अस्पतालको आकस्मिक कक्षमा विरामीको भीड बढेको छ । सो अस्पतालमा दैनिक १० देखि १५ जनासम्म सर्पले टोकेको विरामीहरु आउने गरेको आकस्मिक सेवाका रघुनन्दन अधिकारीले जानकारी दिनुभयो ।

कोशी अञ्चल अस्पतालमा झापा, मोरङ, सुनसरी र भारतीय सीमावर्ती क्षेत्रबाट दैनिक करिब १ हजार ५ सय विरामीहरु उपचारका लागि आउने गर्दछन् ।राति हिड्दा सतर्क भएर हिड्ने र कुनै पनि किराले टोक्दा छिटो भन्दा छिटो अस्पताल ल्याउन चिकित्सकहरुले आग्रह गरेका छन् । सर्पले टोकेको विरामीलाई अझै पनि झारफुक गराउने प्रवृत्ति रहेकोले तत्काल अस्पताल ल्याउन आग्रह गरेका छन् ।सर्पले टोकेको विरामीलाई समयमा अस्पताल ल्याउन सके जस्तो सुकै सर्पले टोकेको भए पनि बचाउन सकिने प्रमुख अधिकारीले वताउनु भयो ।