ग्रान्डमास्टर जो चोल होलाइ सम्मान कार्यक्रम

प्रकाशित मिति:

बुटवल । रुपन्देही तिलोत्तमा ८ स्थित कुवरवर्ती इ बोडीङ स्कुलमा आइटिएफ तेक्वान्दोका सिनियर ग्रान्ड मास्टर जो चोल होलाइ सम्मान तथा स्वागत गरिएको छ ।

कुवरवर्ती बिधालय ब्यबस्थापन समितीका अध्यक्ष लक्ष्मण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आइटिएफ तेक्वान्दोका संस्थापक राजकुमार थापा, आइटिएफ तेक्वान्दो प्रदेश पाचका महासचिब नवराज खरेल, प्रदेश पाचका बरिष्ठ उपाध्यक्ष रितमान कामुमगर , बिधालयका प्रार्चाय दिपक खनाल , स्थानीयसमाजसेबी यज्ञ गैरे लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । नेपालमा तेक्वान्दो बिकासका लागी सिनियर ग्रान्ड मास्टर जो चोल हो केहि समय नेपालमै रहनुहुनेछ । पहिलो पटक उहालाइ भेटन पाउदा खेलाडीहरु निकै उत्साहित र खुसी भएका थिए । दक्षीण कोरियाली सिनियर मास्टर जो बिश्वकै उत्कृष्ट टेक्निकल मास्टर मानिन्छन ।