पूर्वी नवलपरासीमा जीप र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु

प्रकाशित मिति:

नवलपरासी – पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ मा जीप र मोटरसाईकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ  ।

दुर्घटनामा प्यूठानको लिवाङ–८ घर भई अहिले पूर्वी नवलपरासी कावासोती बस्ने जगतबहादुर परियार र उहाँका भान्जा विजय परियारको ज्यान गएको हो । लु १ त ९७ ५९ नम्बरको जीप र लु २० प ५१७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइलमा रहेका दुवैजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।