नाम्स अध्यक्ष सूर्य पराजुली भारी मतले विजयी

प्रकाशित मिति:

बुटवल-नेपाल बजार विक्रि प्रतिनिधि संघ (नाम्स)को अध्यक्षमा बुटवलका सूर्य पराजुली भारी मतले विजयी भएका छन् । संघको बुटवलमा सम्पन्न पांचौ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार भएको चुनावमा प्रतिस्पर्धी पोखराका रामहरि कोइरालालाई पराजुलीले पराजित गरेका हुन् । संघको नेतृत्वका लागि पहिलोपटक चुनाव भएको हो । ९ सय ९७ मत खसेकामा पराजुलीले ५ सय ९१ मत र कोइरालाले १ सय ८६ मत प्राप्त गरेका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा नरेन्द्र विष्टले ४ सय ७४ मत सहित विजयी भएका छन् । प्रतिस्पर्धी शैलेश न्यौपानेले १ सय ६५ र प्रनिलकुमार श्रेष्ठले १ सय २३ मत पाएका छन् । महासचिव पदमा पदमप्रसाद भट्टराईले ५ सय १९ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी नवराज भुर्तेलले २ सय ५४ मत प्राप्त गरेका छन् । अध्यक्ष,वरिष्ठ उपाध्यक्ष र महासचिव वाहेक बांकी सबै पदमा निर्विरोध भएको थियो । जस अनुसार प्रदेश उपाध्यक्षहरुमा प्रदेश १ बाट डीपी बराल,२ बाट निर्मलप्रसाद गुप्ता,३ बाट पुष्पराज अधिकारी,गण्डकी प्रदेशबाट राजन कार्की,प्रदेश ५ बाट बालकृष्ण रेग्मी,कर्णाली प्रदेशबाट मोहनविक्रम थापा र सुदूर पश्चिम प्रदेशबाट ध्रुवराज कार्की निर्वाचित भएका छन् ।

उपमहासचिवमा किरण अधिकारी,प्रचार सचिवमा श्रीराम सिग्देल,अर्थ सचिवमा शम्भुलाल श्रेष्ठ,श्रम सम्बन्ध सचिवमा रमण घिमिरे,संगठन सचिवमा कृष्णबहादुर बुढाथोकी र शिक्षा सचिवमा लक्ष्मणकुमार सिंह ठकुरी निर्वाचित भएका छन् । केन्द्रीय सदस्यहरुमा प्रदेश १ बाट चिरन्जीवी रेग्मी र हेमन्त मिश्र,प्रदेश २ बाट प्रमोदकुमार शाह र नवीनकुमार सिंह, प्रदेश ३ बाट गणेश लामिछाने,शुभ थपलिया,दीपक शर्मा र सन्तोष रेग्मी,गण्डकी प्रदेशबाट प्रताप लामिछाने र केदारराज गौली निर्वाचित भएका छन् । प्रदेश ५बाट माधव आचार्र्य र तेज डांगी,कर्णाली प्रदेशबाट रमेश सुवेदी र सुभाष लामिछाने तथा सुदूर पश्चिम प्रदेशबाट जनक ढकाल र डम्बरबहादुर ठकुल्ला निर्वाचित भएका निर्वाचन समितिका प्रमुख भरत केसीले जानकारी दिए । खुल्ला केन्द्रीय सदस्यमा आह्वान सुवेदी,रमेशप्रसाद भट्ट,हरि रिमाल,दलबहादुर बोहोरा,डिकेन्द्र लम्साल,शान्तिप्रसाद जैसी,गोविन्द ओली,तिर्थराज पोखरेल,हिरा ठाकूर,सुशिल बस्नेत,गोविन्द भण्डारी र शुभराज दुलाल निर्वाचित भएका छन् । महिला केन्द्रीय सदस्यमा लता गौतम र गोमा बस्याल निर्वाचित भएका छन् । संघमा राष्ट्रिय तथा वहुराष्ट्रिय कम्पनीका मार्केटिङ तथा सेल्स क्षेत्रमा काम गर्ने एक हजार बढी मतदाता रहेका छन् । अध्यक्षमा निर्वाचित पराजुलीले सरकारले ल्याएको सामाजिक सुरक्षा ऐन पुर्ण कार्यान्वयन, संघलाई महासंघमा लैजाने, संस्थाको आफ्नै भवन बनाउने, व्यवसायिक संघसंस्थासंग सहकार्य बढाउने प्रतिवद्धता जनाएका छन् । उनी कुसुम फुड प्रोडक्ट ( कुसुम चिया उद्योग ) मा आवद्ध छन् ।