यसपटक एसईईको नतिजा ढिला प्रकाशन हुने

प्रकाशित मिति:

काठमाडौँ –विगतका वर्षहरूमा असार १-२ भित्रै निस्कने गरेको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ।परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसईई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने बताए।

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला हुने भएको हो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।