रुपन्देहीमा एक युवकको हत्या

प्रकाशित मिति:

रुपन्देही-रुपन्देहीको देवदह–८ विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको छ । निधार र छातिमा लागेको चोट लागेको अवस्थामा वेहोस फेला परेका सुमनको देवदह मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले रुपन्देही देवदह–८ बस्ने २० वर्षीय रमेश थारु, २४ वर्षीय लक्षण थारु, १९ वर्षीय सुवास क्षेत्री, २३ वर्षीय हिराबहादुर महतो, २४ वर्षीय रेखबहादुर महतोलाई पक्राउ गरेको छ । सुमनले राति स्थानीय लक्ष्मण को घरमा गएर ढोकामा हानाहान गरेपछि घटना घटेको जनाइएको छ ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।