कृष्णानगर उद्योग बाणिज्य संघको १०औ बार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

इमरान खान ,कपिलवस्तु कपिलवस्तु जिल्लाको कृष्णानगर उद्योग बाणिज्य संघको १०औ वार्षिक साधारण सभा गुरु शरण सिंरको अध्यक्षतामा कृष्णानगर उद्योग बाणिज्य संघको सभा हालमा सम्पन गरिएको छ । कृष्णानगर उद्योग बाणिज्य संघका अध्यक्ष गुरु सरण सिंह छबराले अतिथिहरु लाई सम्मान पत्र दिदै कृष्णानगर लाई जिल्लाकै ब्यापारिक केन्द्र बनाउनु पर्नेमा जोड़ दिएका थिए ।

कार्यक्रममा कृष्णानगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, उद्योग बाणिज्य संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठ, दाङ्ग उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, उद्योग बाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादिन कुर्मी, चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमशेर अली, आंतरिक राजस्व कार्यालयका प्रमुख पूर्ण प्रसाद न्युपाने, समाजसेवी एवम युवा नेता अकरम पठान, युवा नेता सनी सरदार, पत्रकार लगायतका उपस्थिति रहेको थियो ।