२६ जेठ, काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन जाउलाखेलमा भोटो जात्रा मनाइएको छ ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सरकारका मन्त्रीहरु, संवैधानिक निकायमा प्रमुख जावलाखेल पुगेका थिए ।

तस्विर : प्रेम पुन्थोकी

  •  
    33
    Shares
  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •