प्रदेश नम्बर ५ का सभामुख र उच्चस्तरिय प्रतिनिधिमण्डल द्वारा सुस्ता भुमीको अवलोकन निरिक्षण

प्रकाशित मिति:

नवलपरासी प्रदेश नम्बर ५ का सभामुख समेतका उपस्थित उच्चस्तरिय प्रतिनिधिमण्डलले आइतबार नवलपरासीको सुस्ता भुमीको अवलोकन निरिक्षण कार्य गरेका छन । सभामुख पुर्ण बहादुर घर्ती मगर, उपसभामुख कृष्णे थारु, प्रदेश सभा सदस्य समेतको टोलीले सुस्ता भुमीको निरिक्षण कार्य गरेका हुन ।

सो अवसरमा सभामुख घर्तीले भारतद्धारा अतिक्रमण गरिएको भनैया जंगल र विवादित जग्गा थारु टोल देखी पुर्व तर्फको भुभागको निरिक्षण गर्दै सभामुख घर्तीले कार्य गर्नुभएको थियो । सुस्ता गाउपालिकाको वडा नम्बर ५ मा पर्ने सुस्ता टोलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले प्रदेश नम्बर ५ अन्र्तगतका विभिन्न समस्याहरुको केन्द्रित रही प्रदेश सभामा उठेका सवाल र ध्यानाकर्षण प्रस्तावलाई प्रदेश सभा हुदै सघिंय सभामा प्रस्तुत गर्न सकिए सुस्ता भुमीको समस्या समाधानको बाटो खुल्ने विचार ब्यत गर्नुभयो ।

सुस्ता बचाउ अभियानका अध्यक्षका गोपाल प्रसाद गुरुंगको अध्यक्षतामा आयोजित कार्यक्रममा सुस्ता बचाउ अभियानका अभियानका उपाध्यक्ष एवं वडा नम्बर ५ का वडा सदस्य आदम हुसेन खानले स्वागत मन्तब्य ब्यक्त गर्दै सुस्ताको समस्या अविलम्ब समाधान गर्न ज्ञापनपत्र समेत बुझाउनुभएको सुस्ता बचाउ अभियानका सदस्य एवं सामुदायिक रेडियो दाउन्नेका रेडियो श्रोता क्लबका अध्यक्ष रविन्द्र यादवले जानकारी दिनुभएको छ ।