बुरुन्डीमा गोही पाल्ने नजेन्डरा अल्वेयम

प्रकाशित मिति:

एजेन्सी -अचानक तपाईले गोही देख्नु भयो भने के गर्नुहुन्छ । सायद डराएर भाग्नुहुन्छ । तर बुरुन्डीका एक व्यक्तिले घरमै गोही पालेका छन् ।गोहीको मासु खाने चलन भएको बुरुन्डीमा नजेन्डरा अल्वेयमले मार्न लागिएका गोही किनेर पालेका छन् । उनीसँग अहिले ४० भन्दा बढी गोही छन् ।

उनीहरुले तीन चार दिनभित्र १० किलो मासु खान्छन् । अल्वेयमले बुरुन्डीमा गोही नखाउन् भन्ने चाहन्छन् । सिकारीबाट जोगाउन करिव ५ हजार बुरुन्डेली फ्राँन्क तिरेर उनले गोही किनेका थिए ।उनी आफूले गरेको कामबाट खुसी छन् । तर आफूसँग सिमित मात्र ठाउँ भएका कारण भविष्यमा विकास क्षेत्र खोल्ने योजना छ । तर गोहीलाई सुरक्षित राख्नुका साथै संख्या बढाउन समेत चुनौती छ ।