नागिन गर्ल मौनी राय बनिन् ट्रोलको शिकार

प्रकाशित मिति:

एजेन्सी –मंगलवार राती मुम्बईमा सलमानको फिल्म ‘भारत’को प्रिमियर शो राखिएको थियो । शो हेर्न बलिउडका धेरै कलाकारहरु पुगेका थिए । तिनै कलाकारहरुका बीच ‘नागिन फेम’ अभिनेत्री मौनी राय पनि उपस्थित थिइ्न् ।

स्टाइलिस ड्रेसमा उपस्थित मौनीको जव कार्यक्रमको तस्विर बाहिरियो उनको अनुहारलाई लिएर सामाजिक संजालमा धेरै ट्रोल बनाइयो । कारण थियो मौनीको प्लास्टिक सर्जरी पछिको नयाँ लुक्स । मौनीको सामाजिक संजालमा देखिएको फोटोमा उनको ओठ फुलिएको छ भने गाला उचालिएका देखिन्छन् । अहिले देखिएकी मौनी पहिलेभन्दा अस्वाभाविक देखिएकी छिन् ।मौनीले भरखरैमात्र प्लास्टिक सर्जरी गरेकी हुन् ।

फोटो हेरेर सामाजिक संजालमा धेरैले मौनीलाई प्लास्टिकसँग तुलना गरेका छन् भने कतिपयले मौनी राखी सावन्त जस्ती देखिएकी बताएका छन् । कतिपयले किन सर्जरी गरेको भन्दै प्रतिप्रश्न गरेका छन् । उनीहरुले मौनीलाई प्लास्टिक सर्जरीले बर्बाद गरेको टिप्पणी गरेका छन् ।२०१८मा अक्षय कुमारको साथमा ‘गोल्ड’ फिल्मबाट बलिउड प्रवेश गरेकी मौनीको तीनवटा अपकमिङ फिल्महरु रहेका छन् । हालै प्रदर्शनमा आएको फिल्म ‘ब्रम्हास्त्र’मा पनि मौनी विशेष भूमिकामा देखिएकी थिइन् ।