राष्ट्रपतिको सवारीले जनतालाई सास्ती

प्रकाशित मिति:

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा सरिक हुन जाँदा पुरै सडक खाली गरिएको छ। आइतबार ललितपुरको जावलाखेलमा भोटो देखाउने जात्रामा सरिक हुन पुरै सडक खाली गरिएको थियो। राष्ट्रपतिको सवारीका कारण दुईतर्फि नै सडक खाली गरिएको थियो। दुईतर्फि सवारी साधन अवरुद्ध हुँदा जनताले सास्ती भोग्नु परेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शीतल निवास, पानीपोखरी, सांग्रिला होटेल, लैनचौर, केशरमहल, संग्रहालय गेट, महेन्द्रशालिक, घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, सिहंदरबार, माइतीघर, थापाथली, कुपण्डोल र पुल्चोक हुँदै चल्ने सवारी साधनहरु दुईतर्फी रुपमा प्रभावित भएका थिए। उक्त मार्ग भएर चल्ने सवारी साधनहरुले वैकल्पिक मार्गको प्रयोग गरिएको जनाएको छ।