सविन र अनुको नलुकेको प्रेम

प्रकाशित मिति:

काठमाडौँ -सकभर सेलिब्रेटीहरु लभ लाइफ अत्यन्त गोप्य राख्न चाहन्छन् । प्रेमी वा प्रेमिका सार्वजनिक गर्दा करिअरलाई असर पर्ने डरले प्रायः कलाकारहरु प्रेम सम्बन्ध लुकाउनु नै निको ठान्दछन् । तर, केही नेपाली कलाकारहरु भने खुल्लम खुल्ला प्रेम गरिरहेका हुन्छन्रछन् । प्रियंका कार्की र आयुष्मान देशराज जोशी एक उदाहरण हुन् । अर्का उदाहरण हुन्, अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह ।

सविन र अनु प्रेममा रहेको कुरा अब नौलो रहेन । गत वर्ष दुईले काठमाडौं जिल्ला अदालतमा पुगेर कागजी विवाह गरेको खबर समेत बाहिरिएको थियो । तर, दुबैले यसको खण्डन गरे । यद्यपि, लामो समयदेखि लुकाउँदै आएको प्रेम सम्बन्ध भने दुईले औपचारिक रुपमा खुलाएका थिए । सविनले आफू अनुको प्रेममा रहेको फिल्मीखबरसँगको कुराकानीमा बताए । अनुले पनि यो कुरा नकारिनन् । केही समययता दुईको प्रेम सामाजिक सञ्जालमा मज्जैले पोखिँदै आएको छ । प्रायः अनुले आफ्नो इन्टाग्राममा सविनसँगको प्रेमिल फोटोहरु साझेदार गरिरहेकी हुन्छिन् । लामो समय प्रेम सम्बन्ध लुकाएर हिँडेका दुबै आजभोली खुल्लम खुल्ला प्रेममा रमाइरहेका छन् । अहिले उनीहरु एकअर्कासँग मिडियाको क्यामेरा अगाडि न पोज(पोजमा रोमान्टिक तश्बिर खिच्न अप्ठ्यारो महशुस गर्छन् न त सँगै हिँड्न नै ।

शनिबार राजधानीमा भएको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा सविन र अनु दुबै पुगेका थिए । मनमुटु नै साटासाट भइसकेपछि दुईले भोट पनि एकै व्यक्तिलाई हालेको अनुमान लगाउन जो कोहीले सक्छ । यद्यपि, उनीहरुले यो कुरा गोप्य राखे । तर, मिडियाको अगाडि दुईले तश्बिर खिचाउन कुनै धक मानेनन् । संघको चुनावमा उपस्थिति भएका कलाकारहरुको नजर पनि दुईको रोमान्टिक पोजमा अडिएको थियो । सविन र अनु रियलसँगै रिल कपल पनि हुन् । दुईले साथमा केही फिल्ममा काम गरेका छन् । उनीहरुको आधी बाटोु, ुलक्ष्यु फिल्ममा जोडी बाँधिएको थियो । यसपछि दुईले साथमा काम गरेका छैनन् । अचेल दुबै फिल्मबाट निस्क्रिय जस्तै छन् । हालसालै अनु अभिनीत फिल्म पसिना र सविनको ुकाउसोु रिलिज भएको थियो । यसै वर्ष दुईले परम्परागत रुपमा विवाह गर्ने चर्चा फिल्मवृतमा छ ।