श्रीमानले इट्टाले हान्दा श्रीमतीको ज्यान गयो

प्रकाशित मिति:

बुटवल – कपिलवस्तुको बाणगंगामा श्रीमानको इट्टा प्रहारबाट श्रीमतीको ज्यान गएको छ । जिल्लाको बाणगंगा नगरपालिका–१ बुंचीका अगमन चौधरीले मदिरा सेवन गरेको अवस्थामा इट्टाले प्रहार गर्दा श्रीमती गीता चौधरीको ज्यान गएको हो ।

श्रीमानले टाउकोमा इट्टा प्रहार गर्दा गम्भीर घाइते भएकी गीताको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आइतबार सांझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी देबेन्द्र पाण्डेले जानकारी दिए । घटनापछि इलाका प्रहरी कार्यलय पिपराले अगमनलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।