पर्सामा गएराति हावाहुरीसहित भीषण वर्षा : ६ जना घाइते

प्रकाशित मिति:

पर्सा -गएरातिको भीषण वर्षासँगै आएको हावाहुरी र चट्याङबाट एकजनाको मृत्यु भएको छ ।आइतबार साँझ वर्षासँगै आएको हावाहुरीमा परेर अन्य ६ जना घाइते भएका छन् । हावाहुरीसँगै आएको चट्याङ लागेर ठोरी गाउँपालिका १ का २१ वर्षीय राजु विष्टको मृत्यु भएको हो ।

हुरीका क्रममा वीरगन्ज महानगरपालिका ७ रामटोलमा महेश साहको निर्माणाधीन घरको पर्खाल भत्किएर च्यापिँदा ओम प्रकाश साह, दीपेन्द्र पटेल र सुनिल पटेल घाइते भएका छन् ।त्यस्तै वीरगन्ज १६ इनरुवामा नेक महम्मदको घर भत्किँदा उनकी छोरी गुल्सन खातुन र पत्नी शायदा खातुन घाइते भएका छन् । हुरीले वीरगन्जको लिंकरोडस्थित नारायणी एफएमको टावर र सोलार प्यानल भत्काएको छ ।

गएरातिको हावाहुरीले पर्साको पोखरीया नगरपालिका, सेढवा, बिन्दवासिनि गाउँपालिका, बिरिञ्चीबर्वालगायतका स्थानहरुमा ठुलो क्षति पुगेको छ ।गत चैत १७ गते शक्तिशाली हावाहुरी पर्सा बरामा आउँदा ३० जनाको मृत्यु र करिब २ हजार घरमा क्षति पुगेको थियो भने ५ सय जना घाइते भएको थिए ।