हङकङमा विधेयक विरुद्ध विशाल प्रदर्शन

प्रकाशित मिति:

हङकङ,एजेन्सी – चीनले आफ्नो विशेष प्रशासकिय क्षेत्र हङकङका विपक्षी राजनीतक समुहहरु माथि लक्षित गर्न सक्ने खालको एक कानुनको विरोधमा आइतवार हंगकंगमा दसौं हजार स्थानिय वासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।

उक्त विवादास्पद सुपुर्दगी विधेयकले आशंकित अपराधिहरुलाई मुद्धा चलाउन मुख्यभुमि चीनमा पठाउन सकिने अनुमति दिने बताइएको छ । हंगकंगकै इतिहासमा यो आन्दोलन सन् २०१४ को अम्व्रेला मुभमेन्ट पछिको दोश्रो सबैभन्दा ठूलो भएको बताइएको छ । तर सरकारले भने विगतका कमि कमजोरीहरु हटाउन तथा सुरक्षा व्यवस्थालाई अझै मजबुत बनाउन यो विधेयक बनाइएको दावी गरेको छ ।

हङकङका नेता क्यार्री लामले जुलाई अघि नै सो कानुनी संशोधन पारित गर्न दवाव दिएका छन् । यस विधेयकका समर्थकहरुले धार्मिक वा राजनीतिक कारवाहीमा परेका कसैलाई पनि थप मुद्धा चलाउन चीनमा पठाउन यस विधेयकले सहयोग पु¥याउने बताएका छन् । तर आलोचकहरुले भने वेलायती उपनिवेशकालमा अभियोग लागेकाहरुलाई चीनको त्रुटीपूर्ण न्यायप्रणालीको दायरामा ल्याइन सक्ने तथा हंगकंगको न्यायिक स्वतन्त्रता अझै खस्किन सक्ने गुनासो गरेका छन् । प्रचण्ड गर्मीबिच हिजोको प्रर्दशनमा सेतो पोशाक लगाएर भागलिनेहरुमा व्यापारी , उद्योगपति देखि वकिल , बिद्यार्थी प्रजतन्त्रका हिमायती र धार्मिक समुहहरु समेत रहेका छन् ।