राममणिबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान

प्रकाशित मिति:

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा क्रियाशील विद्यार्थी सहयोग तथा परामर्श एकाइले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । हालैमात्र कक्षा १२ मा उत्तीर्ण भएका विद्यार्थीलाई क्याम्पसले सम्मान कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा क्याम्पस प्रमुख मोहनराज शर्माले आफ्नो रूचि र क्षमताको विषयमा उच्च शिक्षा अध्ययन गर्न सुझाव दिँदै देशका लागि असल जनशक्तिका रूपमा स्थापित हुन शुभकामना दिनुभयो ।

कार्यक्रमका अध्यक्ष एवम् एकाइका संयोजक आनन्दप्रसाद पाण्डेले वर्तमानको सदुपयोगबाटै व्यक्तित्व, परिवार एवम् देशको विकाश हुने भन्दै असल विद्यार्थी हुन सुझाव दिनुभयो ।त्यस्तै, +२ का प्राचार्य नोवराज तिवारीले माथिल्लो तहमा अझ बढी परिश्रम गरी अगाडि बढ्न आग्रह गर्नुभयो । मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, +२ का प्राचार्य नोवराज तिवारी, विज्ञान संयोजक लिलाबल्लभ पाण्डे, शिक्षा तथा मानविकीका सङ्काय प्रमुख नारायणप्रसाद भुसाल, व्यवस्थापनका सङ्काय प्रमुख खुमकान्त पाण्डे लगायतले फूलगुच्छा, अबीर तथा मायाको चिनोसहित विद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।