नासाद्वारा पर्यटकका लागि अन्तरिक्ष केन्द्र खुला

२७ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
59 Shares


पासाडेना एजेन्सी- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी बर्षदेखि पर्यटकले अन्तराष्ट्रिय स्पेस स्टेसनमा जान सकिने र तयसका लागि उसले एक रातको ३५ हजार डलर तिर्नु पर्ने जनाएको छ । उक्त संस्थाले अन्तरिक्ष केन्द्रलाई पर्यटन र अन्य ब्यापारिक प्रयोजनका लागि खाल्न लागेको जानकार दिएको छ । हरेक बर्ष कम अवधिका दुई निजि अन्तरिक्ष अभियान पठाइने योजना रहेको अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस०का उप निर्देशक रबिन गेटेन्सले बताए । ती अभियानका खर्च निजि कम्पनीले नै ब्यहोर्नेछन् ।

निजि अन्तरिक्ष यात्रीहरुले आइएसएस सम्म जान तीस दिनको समय पाउने र उनीहरुले अमेरिकी अन्तरिक्ष यानबाट यात्रा गर्ने नासाले बताए ।अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र बाहिरी अन्तरिक्षमा रहेको छ । यसलाई अन्तरिक्षसँग सम्बन्धित शोध गर्नका लागि विकिसित गरिएको हो । यो पृथ्वीको निकट कक्षमै स्थापित गरिएको छ । यो अन्तरिक्ष केन्द्र एक प्रकारको कृत्रिम उपग्रह हो र त्यहाँ अन्तरिक्ष यात्री बस्दै आइरहेका छन् र सबै वैज्ञानिक प्रयोगहरु गर्छन् । नासाका प्रमुख आर्थिक अधिकारी जेफ डेविटले न्युयोर्कमा भने– नासा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रलाई ब्यवसायिक अवसरका लागि खोल्न लागिएको हो । हामी यो पहिलो पटक गर्न गइरहेका छौं । अन्तरिक्षमा जाने को को हुने हो भन्ने कुरा निजि कम्पनीहरुले नै तय गरिने र निजि अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष उडानका लागि तालिम तथा स्वास्थ्य सेवा उपलब्ध गराइने नासाले जनाएको छ ।हरेक बर्ष १२ निजि अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा जान पाउनेछ । यसका लागि नासाले दुई कम्पनीलाई नियुक्त गरेको छ – इलोन मस्कको स्पेसएक्स र बोइंग । स्पेस एक्सले आफनो ड्रागन क्याप्सुलको प्रयोग गर्नेछ र बोइंग स्टारलाइनर नामक अन्तरिक्ष यान निर्माण गरिरहेको छ ।ती कम्पनीहरुले कुनै निजि अन्तरिक्ष यात्रीसँग त्यति नै शुल्क असुल्ने छ जति उसले नासाबाट उसका अन्तरिक्ष यात्रीका लागि लिनेछ । अर्थात यसका लागि प्रति उडान उसलाई ६ करोड डलर भाडा तिुर्न पर्नेछ । यसअघि नासाले अन्तरिक्ष केन्द्रलाई कुनै ब्यवसायिक प्रयोगमा रोक लगाएको थियो । उसका अन्तरिक्ष यात्री कुनै कम्पनीको अनुसन्धानमा हिस्सा लिन पाउँदैनथ्यो । यद्यपी नासा यो अन्तरिक्ष केन्द्रको मालिक भने होइन । सन् १९९८ मा यसलाई अमेरिकाले रुससँग मिलेर बनाउन थालेको थियो ।

सन् २००१ मा अमेरिकी ब्यवसायी डेनिस टिटो अन्तराष्ट्रिय स्पेस स्टेसनमा जाने पहिलो पर्यटक हुन् । उनले दुई तर्फी यात्राका लागि रुसलाई दुई करोड डलर तिरेका थिए ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बर्ष पेश गरेको बजेटमा सन् २०२५ सम्ममा अन्तरिक्ष केन्द्रलाई सरकारी पैसाबाट सन्चानलन गर्ने कार्य बन्द गर्नु पर्ने माग गरेका थिए ।यस स्थितिमा नासाको यो नयाँ घोषणा स्ेटसनलाई पुर्ण रुपमा निजिकरण गर्ने तर्फ बढाइएकाृ कदमका रुपमा लिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया