आयो तेरो सर, बाटो खाली गर 

प्रकाशित मिति:

दिपक न्यौपाने बुटवल  । अहिले बजारमा एउटा चर्चित गीत युट्युबको ट्रेड्रिङ नम्बर वान मा छ – गलबन्दि । केहि समयअगाडी सोहि गीतका गायक तथा सर्जक प्रकाश सपुतले गलबन्दी भन्दा बिलकुलै फरक दोहोरी ब्याटल टु बजारमा ल्याएका थिए । युट्युबमा धेरै हेरीएको सोही गितमा ब्याटलका लागी गायीका प्रिती आलेसग भिड्नु भन्दा अगाडी गायक सपुत रातीमा पनी ट्रिप्परमा इन्ट्रि गर्छन ।  जहा गायीकाले उनका साथीलाइ “बोला तेरो सर ” भन्दै सम्बोधन गर्दा गायक सपुत ट्रिप्परमा “बाटो खाली गर π” भन्दै रेस्टुरेन्टमा छिर्छन । जहा घमाशान ब्याटल हुन्छ ।  आखिर उनी ट्रिप्परमै किन गए त ? यसको सांकेतीक अर्थ हुन आउछ , टिप्पर डेन्जर हुन्छ , उनको गीतजस्तै । उनी ट्याक्सिमा गएको दृश्य पनी देखाउन सकिन्थ्यो तर उनी टिप्पर खतरा हुन्छ र आफु पनी खतरा हु भन्ने देखाउन खोजेका छन् ।  यसरी गीतले ब्याख्या गरेझै हिजोआज टिप्पर साच्चिनै खतरा हुन थालेका छन् ।  हप्तामा कुनै न कुनै टिप्पर दुर्घटनामा मानिसको ज्यान जाने गरेको उदाहरण प्रशस्त पाइन थालेको छ ।  रुपन्देहीमा गएको १९ चैतमा बुटवलका प्राध्यापक डोलराज अर्याल, त्यसको केही दिनपछि आफ्नै बुवासग यात्रा गरेकी पुष्पा भण्डारीको मृत्यु– टिप्परकै ठक्करबाटै भएको थियो ।  वैशाखको अन्तिम साता कपिलवस्तुको दोहनीमा पनी टिप्परले हानेर अर्का एकजनाले ज्यान गुमाउनुपरेको थियो । साताभर नै टिप्परको ठक्करले झण्डै आधा दर्जन मानिसको मृत्यु हुनथालेपछी टिप्पर खतराको संकेत बनेको छ । अन्य सवारीका कारण पनी दुर्घटना हुने गर्दछ तर टिप्परसग मानीसहरु धेरै डराउने सर्वसाधरण बताउछन ।

बढ्दो दुर्घटना  २०७५ को असारमसान्तसम्मको तथ्यांक अनुसार प्रदेश ५ मा ६ लाख ५५ हजार ३ सय १९ वटा गाडी दर्ता छन् । यिनै सडकमा चल्ने गाडी ०७२ र ७३ मा ८ सय २५, ०७३ र ७४ मा ८ सय ४३, ०७४ र ७५ मा ८ सय ५६ दुर्घटनामा परे । ती दुर्घटनामा परी ०७२ र ७३ मा ५ सय ८१ को मृत्यु, ८ सय ७ जना गम्भीर घाइते भएका थिए । ०७३ र ७४ मा ५ सय ७० जनाको मृत्यु भयो भने ७ सय २१ जना गम्भीर घाइते भए ।  ०७४ र ७५ मा ८ सय ५६ दुर्घटना हुदा ५ सय ४५ जनाको मृत्यु भयो भने ८ सय ५४ जना गम्भीर घाइते भएका थिए । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा प्रदेश नं ५ मा ३८ टिप्पर दुर्घटना भएका छन् । अधिकांश दुर्घटना चालकको लापरवाहीका कारण भएको बताइन्छ । प्रहरी निरीक्षक गङ्गा सारु भन्छन – हामीले टिप्पर दुर्घटना न्युनिकरणका लागी धेरै कार्यक्रम पनी चलाइरहेका छौ । ” उनका अनुसार टिप्पर दुर्घटनाका पछी सर्वसाधारण र आफन्तहरुले टिप्पर जलाउने, चालकलाई कुटपिट गर्ने पनी गरेका छन ।

टाइम कार्ड लागु तर  टिप्परबाट हुने दुर्घटना बढेपछि प्रदेशका मुख्य शहरमा टाइम कार्ड सुरु गरेका थियौ , जसले टिपरको गति नियन्त्रण भएको छ’ सारुले भने – ‘तर अझै पनि दुर्घटना कम गर्नका लागि नियमन जरुरी छ ।’ उता ब्यबसायीहरुले भने टिप्परमाथी मात्रै दोष थोपारीनु गलत भएको बताउछन । टिप्पर व्यवसायी रामु खनाल भन्छन –ट्राफिक प्रहरीले चुनढुङ्गा बोक्ने टिप्परलाई मात्रै टाइम कार्ड लागू गरेकाले अन्य टिप्परहरु अनियन्त्रित भएकाले दुर्घटना बढेको र त्यसको दोष सबै टिप्परमाथि लगाइएको छ ।  रुपन्देहीमा करिब एक हजार टिप्पर सञ्चालनमा छन् । जसमध्ये ६ सय ५० टिप्परले विभिन्न ठाउँबाट चुनढुङ्गा ढुवानी गर्छन् भने बाँकी टिप्परले क्रसरलगायत सामग्री ढुवानी गर्छन् ।

प्रदेश मन्त्रि भन्छन –हामी गम्भिर छौ  सडकसम्बन्धि एक कार्यक्रममा प्रदेश पाचका भौतीक योजना तथा निर्माणमन्त्रि बैजनाथ चौधरीले दुर्घटना कम गर्न मुख्य बजार क्षेत्रमा वैकल्पिक सडकको व्यवस्था गर्ने बताएका थिए । त्यसैले पनी होला पछिल्लो समय टिप्परका कारण दिनहु दुर्घटना बढेपछि प्रदेश सरकारले सडकको अवस्था अध्ययन गर्न समिति समेत गठन गरेको थियो । शहरमा टिप्परै नआउने गरी वैकल्पिक मार्ग बनाउने गरी आफुहरु तयारीमा जुटेको मन्त्रालयका अधिकारीहरुले बताउने गरेका छन । टिप्परको ठक्करबाट हुने दुर्घटना र मृत्यु बढ्दै गएपछि टिप्परलाई सडकको यमराज भन्न थालिएको छ , बुटवल बेलबासका दिपक पुन भन्छन – दुर्घटना बढेपछी टिप्परचालक र टिप्परमालिक प्रतिको दृष्टिकोण नकारात्मक भएको छ ।

टिप्पर साहित्य ः पढ्दा नै डर लाग्ने ”

केहि टिप्पर पछाडी लेखीएको हुन्छ :  टिप्परको ठक्करबाट बचौ ।  अझ केहि त पढ्दा नै तर्सिने खालका साहित्यहरु बुनिएका हुन्छन । आखिर किन यस्तो हुन्छ त ? समाजशास्त्रका बिधार्थी यमलाल पौडेलको बुझाइ छ – अधिकाश चालकहरु भर्खर युवा अबस्थाका हुन्छन , उनीहरुको जोश आफ्नो ट्रक,टिप्पर या भनौ गाडीको पछाडी पोखीएको हुन्छ । आफुहरु अरुभन्दा फरक छु भन्ने खालको भावना सिर्जन गर्न पनी यस्तो भएको हुनसक्ने उनको बुझाइ छ । देबदहमा जागीर गर्ने बुटवलका शिक्षक रामप्रसाद तिवारीले अगाडी टिप्पर र ठुला गाडी देखे आफैले साइड लगाउने बताउछन ।  उनले पनी टिप्पर र ट्रकहरुको पछाडी लेखीएको सायरी र गजलहरुका हरफ (साहित्य) कुनै रमाइला भए पनी कुनै त अपाच्य हुने बताउछन । बुटवल बेथरीका टिप्पर चालक नाथु चौधरीको गाडीमा लेखिएको छ – मर्ने कुनै प्रहर हुदैन ” । यी र यस्ता हरफ उनले २, ४ महिनामा फेरीरहन्छन । समयसान्दर्भीक सायरी र गजलले आफुहरुप्रती अरुको आर्कषण बढ्ने उनको बुझाइ छ । उनी जस्ता धेरै चालकहरु बिभिन्न खालका शब्दकोरेर दिनहु गाडीको स्ट्रिङमा रमाउने गर्नेगरेको पाइन्छ ।