मुसिकोटमा वितरण गरियो अनुदानमा कृषकहरुलाई गोला सहितको मौरीघार वितरण 

प्रकाशित मिति:

कौरव खत्री गुल्मी २७ जेठ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. २ का कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गोला सहितको मौरीघार वितरण गरिएको छ । वडाभित्रका २५ जना कृषकहरुका लागि ५० ओटा गोला सहितको मौरीघार वितरण गरिएको मुसिकोट नगरपालिका कृषि प्राविधिक राजकुमार भण्डारीले जानकारी दिए ।

आर्थिक बर्ष २०७५ ,०७६को मुसिकोट नगरपालिकाको नगर स्तरीय कृषि कार्यक्रम अन्र्तगत गोला सहितको मौरीघार वडा नं. २ का अगुवा मौरीपालक कृषक कृष्ण बहादुर खत्रीलाई मुसिकोट नगरपालिका वडा नं. २ का वडाअध्यक्ष लक्षमण खत्रीद्धारा गोला सहितको मौरीघार हस्तान्त्रण गरि मौरीघार वितरण गरिएको थियो ।

मुसिकोट नगरपालिका वडा नं. २ लाई मौरीपालनको लागि उपयुक्क्त स्थानका रुपमा लिने गरिन्छ । पछिल्लो समयमा व्यवसायिक रुपमा मौरीपालन गरेर राम्रो आन्दानी गरि आफ्नो दैनिक आयस्तर सुधार गर्न सकिने मुनपा कृषि प्राविधिक भण्डारीले बताए ।