स्वस्थ रहनका लागि यी खानेकुरा काँचै खानुस्

प्रकाशित मिति:

काठमाडौं — स्वस्थ रहनका लागि सबै भन्दा महत्वपूर्णकुरा खानपान नै हो । स्वस्थ रहनका लागि स्वास्थ्यकर खानेकुरा आवश्यक हुन्छ । खाना खाँदा खाइने खानेकुरासहित कति र कसरी खाने भन्ने कुरालाई पनि हेक्का गर्न जरुरी हुन्छ । केही खानेकुरा पकाएर खाने र केहीलाई भने पकाउँदा हानी पुग्ने खालको हुन्छ । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

लसुन:  लसुनलाई पकाउँदा एन्टीअक्सिडेन्ट एलिसिन हराउँछ । त्यो तत्त्वले मुटुरोग र अन्य स्वास्थ्य समस्यासँग लड्न सहायता गर्छ । लसुन काँचै खाँदा एलिसिन तत्त्व रहिरहन्छ । त्यसैले लसुन पकाएर नखाँदा राम्रो हुन्छ ।

भेंडे खुर्सानी: भेंडे खुर्सानीमा उच्च मात्रामा भिटामिन सी हुन्छ । यसलाई पकाउँदा यसमा भएको भिटामिन नष्ट हुन्छ र पोषण पाइँदैन ।

प्याज: प्याजमा उच्च मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ र यसले फोक्सोलाई स्वस्थ राख्न सहायता गर्छ । यसलाई काँचै सेवन गर्दा राम्रो हुन्छ ।

पालुंगो:  पालुंगोमा भिटामिन सी अत्यधिक हुन्छ । यसलाई पकाउँदा दुई तिहाइ भाग नष्ट हुन्छ । पालुंगो पकाउँदा अक्सालिक एसिड नाश हुन्छ । त्यो तत्त्वले शरीरलाई क्याल्सियम, आइरन र म्याग्नेसियम सोस्न सहायता गर्छ । यसलाई राम्ररी धोइपखाली गरेर खाँदा राम्रो गर्छ ।