जीपले ठक्कर दिंदा ११ महिने बालकको ज्यान गयो

प्रकाशित मिति:

पाल्पा, साउन २७ ।

पाल्पा तानसेनकाे बडिज्ञानटाेलमा जीपकाे ठक्करबाट ११ महिने वालककाे मृत्यु भएकाे प्रहरिले जनाएकाे छ । तानसेनकाे हुलाकचाेकबाट बसपार्क झरेकाे ग. १ च. ६७४८ नम्बरकाे जीपले बाटाेमा हिडेका बटुवासहितका मानिसहरूलार्इ ठक्कर दिएकाे प्रत्यक्षदर्शीले बताएका छन् । जीपले ठक्कर दिदा एक जना बच्चाकाे मृत्यु भएकाे र अन्य चारजना घाइते भएका छन् । जीपले ठक्कर दिँदा ११ महिनाका वालक वगनासकाली ३ पाल्पाका निसान्त बस्यालकाे मृत्यु भएकाे हो । घटनामा बगनासकाली ३ बर्ष ५का नविन बश्याल , बर्ष ४८ की लक्ष्मी बस्याल , सुनवल घर भएका बर्ष ५१का रामजि चौधरी र तानपा ६ बर्ष ५० की कमला पाण्डे घाइते भएकाे प्रहरीले जनाएकाे छ ।