कम्युनिष्टहरु का‌ंग्रेससँग डराए अनि एकता गरे : गगन थापा

प्रकाशित मिति:

अछाम –  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिष्टहरुले काङ्ग्रेससँग डराएर पार्टी एकता गरेको बताएका छन् । अछाम जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले काङ्ग्रेस बलियो पार्टी भएका कारण मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्र डराएर एकता गरेको बताएका हुन् ।

काङ्ग्रेस जनताको पार्टी भएकाले अब जनताले काँग्रेसलाई नै साथ दिने नेता थापाको भनाइ थियो । उनले नेता तथा कार्यकर्तालाई नआत्तिन आग्रह गरे । वर्तमान अवस्थामा दुई पार्टी मिलेर पनि देशमा केही गर्न नसकेको नेता थापाको आरोप थियो । उनले वर्तमान सरकारले ल्याएका कार्यक्रम जनमैत्री नभएको उल्लेख गरे । युवालाई विदेशिनबाट रोक्न ठूला उद्योग र कलकारखाना सञ्चालनमा नेता थापाले जोड दिए ।