सेयर बजारमा आठ अंकको गिरावट, तीन समूह उकालो लागे

प्रकाशित मिति:

काठमाडौं – साताको दोस्रो दिन सोमबार बजारमा सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्जन( नेप्से) परिसूचकमा ८ दशमलव ७८ अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ८ दशमलव ७८ अंकले घटेर १ हजार २ सय ७५ दशमलव ८२ पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि १ दशमलव ४३ अंकले घटेर २ सय ७२ दशमलव ४६ पुगेको छ ।

आज बजारमा १ सय ७३ कम्पनीका २० लाख ७२ हजार ३ सय ४ कित्ता सेयर ६१ करोड ३ लाख ४७ हजार ३ सय ३४ रुपैयाँमा कारोबार भए । नेप्से घटेको दिन कारोबारमा आएका ११ वटा समूहगत उपसूचकमध्ये ३ समूह उकालो लागे भने, बाँकि ८ समूह ओरालो लागेका छन् । उत्पादनमुलक समूह सर्वाधिक १५ दशमलव ५५ अंकले उकालो लाग्यो भने निर्जीवन बीमा समूह सर्वाधिक १ सय २४ दशमलव ३८ अंकले ओरालो लाग्यो ।

सेयर बजार घटेको दिन बजारमा एनआईसी एशिया बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भयो । बैंकको सेयर १ करोड ४८ लाख ५९ हजार ७८ रुपैयाँमा किनबेच भएका छन् । वर्ल्ड मरचेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर ७ दशमलव ६१ प्रतिशतले बढेको हो । त्यसैगरी, तारगाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक ७ दशमलव ३३ प्रतिशत सेयर मूल्य गुमाए ।