महिला जेसिजको आयोजनामा साताव्यापी कार्यक्रम शुरु

प्रकाशित मिति:

महिला स्वास्थ्य सम्बन्धि चेतनामूलक कार्यक्रमको आयोजना ।।
बुटवल महिला जेसिजको आयोजनामा आजदेखि सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । जेसिजले हरेक वर्ष आयोजना गर्ने कार्यक्रमहरु मध्ये

 

यो वर्षको साताव्यापी  कार्यक्रम महिला स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने रहेको छ । उक्त कार्यक्रममा देवदह मेडिकल कलेजले त्यहां कार्यरत डा. दिक्षा श्रेष्ठलाई महिलाहरुको स्वास्थ्य सम्बन्धी जानकारी प्रदानगर्नका लागि सहजकर्ताको रुपमा पठाएको छ । महिला जेसिजले आजदेखि कार्यक्रम शुरु गरेको छ । कार्यक्रमको पहिलो दिन साधना महिला विद्यालयमा जनचेतनाको कार्यक्रम राखिएको हो ।
कार्यक्रमको बारेमा जानकारी दिंदै साताव्यापी कार्यक्रमका मूल संयोजक अनुपमा श्रेष्ठले महिला जेसिजले सामाजिक उत्तरदायित्व बहन स्वरुप जनचेतना मूलक कार्यक्रम आयोजना गरेको बताउंदै आफूरको अभियानमा साथ दिन सबैलाई आग्रह गर्नुभयो ।उक्त कार्यक्रमको उद्घाटन गर्दै जेसिजका राष्ट्रिय उपाध्यक्ष राजेन्द्र घिमिरेले महिला जेसिजको यो कार्यक्रमको प्रशंसा गर्दै जेसिजले प्रयोग मा ल्याएको ४ वटा अवसर मध्ये सामाजिक अवसरलाई भरपुर सदुपयोग गर्न महिला जेसिजलाई सुझाउनुभयो । वहांले स्वास्थ्य सम्बन्धि चेतनाको कमीले महिलाहरुले भोग्नुपर्ने समस्याको समाधानका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

 

सो अवसरमा बोल्दै विद्यालयका अध्यक्ष सावित्रा अर्यालले महिला जेसिजले विद्यालयलाई छनोटमा पारी कार्यक्रम गरेकामा धन्यवाद ज्ञापन गर्दै महिलाहरुका लागि स्थापित विद्यालयको प्रगतिका लागि सबैकोे सहयोग अपरिहार्य रहेको बताउनुभयो ।


कार्यक्रममा जेसिजका निर्वतमान अध्यक्ष रुपा पाण्डेले महिला जेसिजको कार्यले समाजमा राम्रो सन्देश प्रवाह गर्ने भएकाले अझ यस्तै खालका उदाहरणीय कार्यका लागि महिला जेसिज वर्ष २०१८ का पदाधिकारी लगायत सदस्यहरुलाई अघि बढ्न सुझाव दिनुभयो ।
महिला जेसिजका  अध्यक्ष राधिका पोख्रेलले जेसिजमा आबद्ध सदस्य पनि समाजका अंग भएकाले सामाजिक कार्य गर्न पाउंदा खुशि भएको भनाई राख्दै महिला जेसिजले अझ राम्रा राम्रा कार्यक्रम गर्दै अघि बढ्ने बताउनुभयो ।

महिला जेसिज २०१८ का महासचिव लक्ष्मी थापाको संचालन रहेको कार्यक्रममा रन्जीता चापागाईंले जेसिज आस्था पाठ गर्नुभएको थियो ।
आजदेखि शुरु भएको चेतनामूलक कार्यक्रम भोलि चरङ्गे मावि, साउन ३० गते सिद्धेश्वरी मावि, ३१ गते नयांगाउं मावि, १ गते नवीन औद्योगिक कदर बहादुर रिता मावि मा सम्पन्न भई २ गते समापन समारोह हुनेछ ।