कोरियामा उपचारका क्रममा नेपालीको मृत्यु

प्रकाशित मिति:

कोरिया – कोरियामा कार्यरत एक नेपालीको उपचारका क्रममा आज (बुधवार) मृत्यु भएको छ। मृत्यु हुनेमा ६ महिनादेखि सोलको एक अस्पतालमा उपचाररत पर्वत फलेवास-५ खानीगाउँका अमृत कुँवर रहेको सोलस्थित नेपाली दूतावासले जनाएको छ। ६ महिनाअघि कम्पनीमा काम गरिरहेकै अवस्थामा एक्कासी बेहोस भएका कुँवरलाई सोलस्थित हान्निम मुटु अस्पतालको आईसियुमा राखेर उपचार गरिँदै आएको थियो।

कुँवरको गत महिना फोक्सोले काम नगरेपछि फोक्सोको सफल प्रत्यारोपण गरिएको थियो। घटनाका विषयमा मृतकका परिवारलाई जानकारी गराईसकिएको कोरियाकालागि नेपाली श्रम सहचारी डिल्लीराम बाँस्तोलाले जानकारी दिए।

मृतकको श्रीमती कोरियामै रहेकाले प्रक्रिया पूर्याएर शव नेपाल पठाईने दूतावासले जनाएको छ। कुँवर ईपिएसमार्फत ३ वर्षअघि कोरिया आएका थिए। यो घटनासँगै कोरियामा पछिल्लो १५ दिनमा ३ नेपालीले ज्यान गुमाएका छन्।