काठमाडौं – सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि दैशैभरका ५१ वटा स्वास्थ्य संस्था सूचीकरण गरेको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गदै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि दैशैभरका ५१ वटा स्वास्थ्य संस्था सूचीकरण गरेको जनाएको हो । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ स्वास्थ्य संस्था छनोट गर्न २०७५ चैत्र १३ गतेको गोरखापत्र दैनिकमा मापदण्ड पुगेका स्वास्थ्य संस्थाको सूचीकरणका लागि आवेदन माग गरेको थियो । जसमा १ सय २६ वटा स्वास्थ्य संस्थाहरुले आवेदन दिएका थिए ।

आवेदन दिएका सबै स्वास्थ्य संस्थाको मापदण्ड पुगेको वा नपुगेको जानकारीका लागि मन्त्रालयले अनुगमन टोली गठन गरेर अध्ययन गरिएको थियो । अध्ययन टोलीले आवेदन दिएका १ सय २६ वटा स्वास्थ्य संस्थाहरुमध्ये ५१ वटा अस्पताल र स्वास्थ्य संस्थाले मात्र परीक्षण गर्ने रसायन र किटजन्य मापदण्ड पुरा भएका,आवश्यक मेसिन र औजारको मापदण्ड पूरा भएकाले सूचीकरण गरिएको मन्त्रालयले जनाएको छ ।

अन्य ७५ वटा अस्पताल तथा स्वास्थ्य चौकी मापदण्ड पूरा नभएको भेटिएकाले सूचीकरण गर्न नसकिएको मन्त्रालयले जनाएको छ । सूचीकरण भएका स्वास्थ्य संस्थालाई वैदेशिक रोजगार निमावली २०६४ को नियम ४५ को उनियम (६) बमोजिमको धरौटी र सूचीकरण शुल्क जम्मा गरेर मन्त्रालयमा सात दिनभित्रमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

  •  
    74
    Shares
  • 74
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •