जनताको स्वास्थ्यप्रति ढोरपाटन नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख नेपालीको भनाई

२७ जेष्ठ २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
64 Shares


कौरव खत्री ,बाग्लुङ्ग बाग्लुङ्गको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र यस क्षेत्रका समुदायको साझा गहना भएकोले यसको ब्यबस्थापन र गुणस्तरिय सेवा प्रवाहमा सबैको साथ सहयोग र जिम्मेवारी रहनुपर्ने बताए। ढोरपाटन नगरपालिका वडा नं १ बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित सामाजिक परिक्षणको आम भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन।

साथै उनले जनताको स्वास्थ्यप्रति ढोरपाटन नगरपालिका प्रतिबद्ध रहेको बताउँदै नगर प्रमुख नेपालीले यसको स्तरउन्नति गरी जिल्ला अस्पतालको रुपमा बिकसित गर्न आफुहरु लागिरहेको बताउदै स्वास्थ्य केन्द्रलाई जनतामुखी बनाउन सेवाग्राहीसँग स्वास्थ्यकर्मीको ब्यबहार नम्र हुनुपर्ने र ब्यबस्थापकिय पक्ष प्रभाकारी हुनुपर्नेमा समेत उहाँले जोड दिए।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानिय सरकार आएपछि क्रमिक रुपमा सुधार आएको र अब नयाँ सोच र योजनामार्फत यसबाट जनतालाई गुणस्तरिय सेवा प्रदान गर्न आफुहरु तत्पर रहेको उहाँले उल्लेख गरे । सामाजिक परिक्षण कार्यको पहिलो चरणमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समिति सँग अन्तरकृया, दोस्रो चरणमा स्वास्थ्यकर्र्मीहरु सँगको अन्तरकृया, तेस्रो चरणमा स्वास्थ्य आमा समुह सँगको अन्तरकृया, चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो ।
अभियानको क्रममा ढोरपाटन नगरपालिका वडा नं १ का विभिन्न स्थानमा तथ्याङ्क संकलन, गरिएको थियो । सेवा केन्द्रले प्रवाह गरेका सेवा सुविधा, त्यहाँको सुसासन, पार्दशिता र जवाफदेहिता लाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्येश्य रहेको छ ।

आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा भेलामा उपस्थित यस क्षेत्रका समुदायले प्राथमिक स्वास्थ्य केन्द्रबाट पाउने सेवा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सुझाव दिएका छन् भने स्वास्थ्य केन्द्रमा खानेपानी र सरसफाइको उचित ब्यबस्थापन, बिरामीको चाप अनुसार स्वास्थ्यकर्मी उपलब्ध गराउन सम्बन्धित निकायलाई सुझाब दिएका थिए । पहिलेको तुलनामा नेपाल सरकारले निशुल्क उपलब्ध गराउने औषधीहरु पर्याप्त उपलब्ध भएको तर स्वास्थ्य केन्द्रबाट प्रवाह हुने केही सेवामा लिइदै आएको सेवा शुल्क लाई सहुलियत गर्नुपर्ने उनिहरुको माग थियो । प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्र्मीको व्यवहार राम्रो रहेको र चौबिसै घण्टा सेवाहरु प्राप्त गरेको भन्दै प्रशंसा गरिएको थियो । उनिहरुले आगामी दिनमा स्वास्थ्य संस्थामा औषधी व्यवस्थापन, फोहोर व्यवस्थापन लाई समय सापेक्ष थप प्रभावकारी बनाउन जोड दिएका थिए । स्वास्थ्य कार्यालयमा नेपाल सरकारले तोकेको दरबन्दी बाहेक ढोरपाटन नगरपालिकाबाट ब्यबस्थापन गरी थप स्वास्थ्यकर्मीहरु मार्फत २४ सैँ घण्टा सेवा पाएको भन्दै खुसि ब्यक्त गरेका थिए । आम भेलामा उठेका प्रश्न, जिज्ञासा र गुनासाहरुको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेल, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख कृष्णहरी श्रेष्ठ, प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष चित्र भण्डारीले प्रतिवद्वता सहित स्पष्ट पारेका थिए । सामाजिक परिक्षण कार्यको आम भेलामा बुर्तिबाङ स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रतिनिधीहरु, संञ्चारकर्मी, आमा समुह, विद्यालयका प्रतिनिधीहरु, स्थानियबासी लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । आम भेला ढोरपाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष एवं बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष चित्र भण्डारीको अध्यक्षता, सदस्य चिन्तामणी शर्माको स्वागत र समाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मृगौला पिडित पल्लीलाई इन्दे्रणी कार्यक्रमबाटै नगद ७ लाख हस्तान्तरण
  • ह्टुवाललाई बुद्ध र जैन दर्शनमा विद्याबारिधी
  • तिलोत्तमा प्रिमियर लिगआजको पहिलो खेलमा रेन्बो ज्ञानोदय गोल्स बिजयी
  • अझै ओझेलमा राजा विरेन्द्रले आषिश लिएको प्रसिद्ध हिले सिद्ध बाबा
  • एनआरएनए अमेरिकाज क्षेत्रिय महिला संयोजकमा उमा कार्की बलियो उम्मेद्वार
  • विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे विजयी
  • सांसद प्रमोद साहलाई जिल्ला अदालत धनुषाद्वारा ४ दिनको म्याद थप
  • बोनीता शर्मा विश्वका प्रेरणादायी महिलाको सूचीमा
  • साउदी अरेबिया मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या
  • राष्ट्रपति भण्डारीले दिइन् सम्पूर्ण नेपालीलाई धन्यवाद