दोहोनले वातावरणमा नकारात्मक असर

प्रकाशित मिति:

ललित पाण्डेय,सैनामैना चुरे  क्षेत्रको दोहोनले गर्दा वातावरणमा नकारात्मक प्रभाव पर्दै गएको सोमबार सैनामैनामा आयोजना गरिएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । विकास निर्माणको नाममा जथाभावि रुपमा चुरे र नदिजन्य पदार्थमा उत्खलन गर्दा वातारवरणमा नकारात्मक असर पर्दै गएको उनिहरुले बताए । २० औं राष्ट्रिय सरसफाई सप्ताह अन्र्तगत मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले वातावरणको संरक्षणमा मानिसहरुको ध्यान पुग्न नसक्नु दुःखद भएको बताएका छन ।

सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले वातावरण जोगाउँनको लागि प्राकृतिक श्रोत र साधनको संरक्षण गर्न आवश्यकता रहेको बताए । पछिल्लो समय विकास निर्माणको बाहानामा वातावरणको विनाश हुँदै गएको उनले बताउँदै सैनामैना नगरपालिकाले नदि , तलाउ , ताल , पोखरी संरक्षणमा लागेको बताए । तराई क्षेत्रमा पानी सुक्दै गएको उनले बताउँदै यसको सामाधानको लागि नगरपालिकाले लामीरह बनाउँने योजना अगि सारेको जानकारी दिए । सैनामैना नगरपालिका वडा नं. ३ मा बृहत्त लामीरह जलाशय निर्माण गरि चुरेलाई सुक्न नदिने कार्कीको दाबी छ । जलाशय निर्माणको लागि केन्द्र , प्रदेश सरकार समक्ष योजना पुराएको बताए । चुरे क्षेत्रको जंगल संरक्षणको लागि डढेलो नियन्त्रण गर्न आवश्यकता रहेको कार्कीले बताए । वातावरणमा हुने प्रदुषण नियन्त्रणको लागि नगरपालिकामा प्लाष्टिक जलाउँन निषेध गरेको जानकारी दिए ।

नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्माले नदिजन्य पदार्थको दोहोन बढ्दै जाँदा वातावरणमा नकारात्मक असर पर्दै गएको बताए । ताल , तलैया , नदि सुक्दै गए उनले भने यसको संरक्षणको लागि सरकारले विशेष चासो दिनु पर्ने भनाई राखे । वातावरण संरक्षणको लागि प्राकृतिक श्रोत र साधनको दोहोन रोक्न आवश्यकता रहेको शर्माले बताए । संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना प्रमुख शालिकाराम भण्डारीले स्थानीयले जनप्रनिधिले प्राकृत्तिक श्रोत र साधनको संरक्षणको लागि विशेष ध्यान दिनु पर्ने बताए । बसाईसराईले गर्दा बन , खोला , नदि च्यापिएको अवस्था रहेको उनले बताउँदै जसले गर्दा प्रदुषण बढाउँदै लगेको बताए । मुर्गिया खानेपानी तथा उपभोत्ता सरसफाई संस्थाका अध्यक्ष शालिकराम भण्डारीले वातावरण जोगाउँनको लागि प्लाष्टिक प्रयोगमा कम गर्नु पर्ने बताए । स्थानीयमा वातावरण जोगाउँनको लागि सचेतना आवश्यकता रहेकोले कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिब कृष्ण कंडेलले जानकारी दिए ।