कञ्चनमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु,प्रथम चरणमा १०४ जनाले पाए रोजगार

प्रकाशित मिति:

कञ्चन सबैका लागि रोजगार,सम्बैदानिक सरोकार,श्रमको सम्मान,राष्ट्रको अभियानू भन्ने नारा सहित कञ्चन गाउपालिकाले आफ्नो गाउपालिकामा रहेका बेरोजगारहरुलाई रोजगार दिएकोछ।प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउपालिकाले आज बिशेष कार्यक्रमको आयोजना गरि १०४ जना बेरोजगारहरुलाई रोजगार दिएको हो।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आर्थिक रुपमा बिपन्न र विभिन्न सीप भएका १,९१७ जना बेरोजगारहरुले बेरोजगार फारम भरेका थिए भने त्यसमध्ये १६१५ जनालाई रोजगारको लागि सुचिकृत भएका थिए।तिनै सुचिकृतहरु मध्येबाटै गाउपालिकाले यस आर्थिक बर्ष २०७५र७६ मा १०४ जनालाई रोजगार प्रदान गरेको कञ्चन गाउपालिकाका रोजगार संयोजक ईश्वरी ज्ञवालीले जानकारी दिनु भएकोछ।रोजगार पाएका १०४ जनाले कञ्चनको विभिन्न स्थानमा काम गर्नेछन र सो काम गरेबापत उनिहरुलाई सरकारले दैनिक ५ सय १७ रुपैया पाउने ज्ञवालीले बताउनु भएकोछ।

विभिन्न निर्माण सामग्रीहरु बितरण गर्दै कञ्चन गाउपालिका वार्ड नं।३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले नेपाल सरकारको समृद्ध नेपाल खुशी नेपाली अभियानलाई ब्यबहारिक रुपमा सफल पार्न गाउपालिका भित्र रहेका बेरोजगारहरुलाई पहिलो पटक रोजगार प्रदान गरेको बताउनु भएको छ।गाउपालिकाले निर्धारण गरेको स्थानहरुमा सही ढंगले काम गर्नु पर्ने बताउनु भएकोछ। आर्थिक रुपमा बिपन्न बेरोजगारहरुलाई गाउपालिका मर्फत नेपाल सरकारले विभिन्न निर्माण सामग्रीहरु उपलब्ध गराएको हो।थोरै समयको लागि भए पनि नेपाल सरकारले रोजगार दिएकोमा आफु खुशी भएको र यस रोजगारले घर ब्यबहार चलाउन र नानीबाबुहरुलाई पढाउन सजिलो हुने बेरोजगार अम्बिका परियारले बताउनु भएकोछ।