सार्बजनिक जग्गामा कब्जा गर्ने रणनिती कुनै हालतमा पुराहुन दिदैनौ सभापति : शाह

प्रकाशित मिति:

रुपन्देही -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सार्बजनिक लेखासमिती का सभापति भरत कुमार शाह ले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

उनले सोमबार विज्ञप्ति जारी गरेर सरकारले संविधानको प्रतिकूल धर्म, संस्कृति र परम्परा विनाश गर्ने गरी विधेयक ल्याएको दाबी गर्दै विधेयक कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका हुन् ।‘संविधानको प्रतिकूल धर्म संस्कृति र परम्परा विनाश गर्ने गरी ल्याइएको विधेयक कुनैपनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै तत्काल यो गुठी विधेयक संसद्बाट फिर्ता लिन जोडदार माग गर्दछु,’’ विज्ञप्तिमार्फत् नेता शाह लेभनेका छन् ।

संविधानमा भएको प्रावधान ‘सनातनदेखि चलिआएको धर्म, संस्कृतिको संरक्षण’ विपरीत आएको गुठी विधेयक जग्गा व्यवस्थापनका नाममा गुठीयारको अधिकार खोसेर सरकारले गुठीको सम्पत्ति कब्जाको रणनीति लिएको उनको दाबी छ । ‘‘सर्वसत्तावादतर्फ उन्मुख सरकारले गुठीयारको अधिकार खोस्ने मात्र हैन, हाम्रो धर्म, संस्कृति र परम्परामाथि प्रहार गर्न खोजेको स्पष्ट हुन्छ,’’ विज्ञप्तिमा भनिएको छ