प्रकाश सपुतको गलबन्दी करोड क्लबमा प्रवेश

प्रकाशित मिति:

सुदिप गौतम-बुटवल /अहिले सबैको मुखमा झुन्डिएको गित हो ” गलबन्दी” ।यो गित अहिले अत्यान्तै भाईरल बनिरहेको छ । १५ दिन अगाडी बजारमा आएको गित आज करोड क्लबमा प्रवेश गरेको छ ।छोटो समयमा करोड क्लबमा प्रवेश गर्ने गितमा आफ्नो नाम रच्न सफल भएको छ । प्रकाशको चर्चित गित बोल माया पनि करोड प्रवेश गित हो ।बोल मायाकै टिमले ल्याएको गलबन्दि पनि करोडमा पुगेको हो । अहिले यो गितका सम्बादहरु लोकप्रिय बन्दै गैरहेका छन ।

प्रकाश सपुतको शब्द संगीत स्वर अभिनय अनि निर्देशनमा यो गित तयार भएको हो । महिला आवाजमा शान्ति श्री परियारले अत्यान्तै न्याय दिएर गएकी छन । गीतमा लजालु अभिनय गरेकी अन्जली अधिकारीको यति बेला चर्चा चुलिएको छ । गितको सुरुवात र अन्त्यमा भाबुक बनाउने दृष्य समाबेश गरिएको छ ।बोल मायामा सबैलाई रुवाएकि अन्जलिले यसपालि उनको लजालु पनले सबैलाई ध्यान तानेको छ । भिडियोको अन्त्यमा बोलमाया २ लाई पर्खिन आग्रह गरिएको छ । गितको छायांकन करन चैसारले गरेका हुन् । गलबन्दि संगै करोड क्लबमा प्रवेश पाउने लोक गितको संख्या ५ वटा पुगेको छ । सबलपोस्टको तर्फबाट प्रकाश सपुत लगायत सबैलाई बधाई दिन चाहान्छ ।

गितलाई सहयोग सिटि एक्सप्रेसले गरेको छ ।