नेपाली हिरो प्रीतमको इटहरीमा हाई हाई

प्रकाशित मिति:

इटहरी – भारतको जि टिभिले सञ्चालन गरेको रियालिटि सो लिटल च्याम्पस सारेगामपमा सेकेन्ड रनरअप बनेका इटहरीका प्रितम आचार्यलाई इटहरीमा भब्य स्वागत गरिएको छ । सानै उमेरमा गायन क्षेत्रमा लागेर भारतको लिटल च्याम्पसमा पुगेका आचार्यको निकै चर्चा भएको थियो । उनलाई भब्य स्वागत गर्न ईटहरिबाट दर्जन गाडि सहित सयौ जना काकडभिट्टा पुगेका थिए । काकडभिट्टामा त्यहाका स्थानियबासीहरु लगायतले स्वागत सम्मान गरेका थिए ।

सारेगमप लिटिल च्याम्पसमा सेकेन्ड रनरअप बनेका ईटहरीका प्रीतम आचार्यलाई काकडभिट्टामा भब्य स्वागत गरिए संगै ‘नेपालका छोरा प्रीतम – हाई हाई’ भन्दै उनलाई सबैले बोकेका थिए । त्यस्तै बिर्तामोडको होटल हेभेन ग्राण्ड र दमक, उर्लाबारी लगायत ठाउहरुमा पनि उनलाई भब्य स्वागत सम्मान सहित उनको साङितिक भबिष्यको लागि शुभकामना प्रदान गरिएको थियो ।

यस लगत्तै उनलाई ईटहरिमा पनि भब्य स्वागत सम्मान गरियो । काकडभिट्टाबाट फर्के लगत्तै ईटहरि उपमहानगरपालिकामा स्वागत सम्मान पछि सेन्ट्रल प्लाजामा रहेको उनको सम्पर्क कार्यालय भिजिट संगै त्यहा पनि स्वागत तथा शुभाकानामा प्रदान गरिएको थियो ।

सारेगमप लिटिल च्याम्प्समा उनलाई आईतबार साझ भएको फाईनलबाट उनि सेकेन्ड रनरअप भएको घोषणा भएको थियो । फाइनलसम्म पुग्ने अपक्षा नभएको भए पनि तेश्रो भएकोमा खुसी व्यक्त गर्दै धेरै कुरा सिक्न पाएको र नेपालबाट धेरै सहयोग मिलेको प्रितम आचार्यले बताए । नेपालकै गौरव भएको र प्रितमसंग भएको क्षमतालाई अभिबृद्धि गर्दै अझै निखार ल्यान सबैको सहयोग रहनु पर्ने संगीत साधना महाबिद्यालयका महासचिब राजु केसिले बताए । यसपछि आज ४ बजे ईटहरिको सेन्ट्रल प्लाजाको सेमिनार हलमा उनि संग पत्रकार भेटघाटको कार्यक्रम तय गरिएको छ ।