सेयर बजारमा शून्य अंकको सुधार, कारोबार रकम ४८ करोड

प्रकाशित मिति:

काठमाडौं – साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्जन (नेप्से) परिसूचकमा शुन्य दशमलव १७ अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचकमा शून्य दशमलव १७ अंकले घटेर एक हजार दुई सय ७५ दशमलव ९९ पुगेको हो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ४० अंकले बढेर २ सय ७२ दशमलव ८६ पुगेको छ । नेप्से बढेको दिन बजारमा १ सय ७४ कम्पनीका १५ लाख ९ हजार ८ सय ८५ कित्ता सेयर ४८ करोड ८ लाख ७६ हजार ९ सय ८९ रुपैयाँमा कारोबार भए ।

बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये ६ समूह उकालो लागेका छन् भने बाँकि ६ समूह नै ओरालो लागेका छन् । यसदिन ट्रेन्डिङ समूह सर्वाधिक ७ दशमलव ६९ अंकले उकालो लाग्यो भने निर्जीवन बीमा सर्वाधिक ४८ दशमलव ३१ अंकले ओरालो लाग्यो ।सेयर बजार घटेको दिन बजारमा शिवम सिमेन्टको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ३ करोड ७८ लाख २४ हजार ५ सय २७ रुपैयाँमा किनबेच भएका छन् । नेप्सेमा सुधार आएकै दिन पाँचथर पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर ९ दशमलव ५२ प्रतिशतले बढेको हो । त्यसैगरी नेपाल हाइड्रो डेभ्लोपर्सका लगानीकर्ताले सर्वाधिक ९ दशमलव ६१ प्रतिशतले सेयर मूल्य गुमाए ।