महिला विश्वकपमा : अमेरिका थाइल्याण्डसँग खेल्दै

२८ जेष्ठ २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
96 Shares


एजेन्सी – फ्रान्समा जारी महिला विश्वकप फुटबल प्रतियोगितामा आज तीन खेल हुँदैछन् । समूह एफमा अमेरिका र थाइल्याण्ड तथा चिली र स्वीडेन आमने-सामने हुँदा समूह ईको आफनो पहिलो खेलमा न्युजिल्याण्ड नेदरल्याण्डविरुद्ध खेल्न लागेको हो ।

नेपाली समयअनुसार बेलुका ६:४५ बजे न्युजिल्याण्ड नेदरल्याण्डसँग खेल्दा राती पौने १० बजे चिली र स्वीडेन प्रतिस्पर्धा गर्नेछन् ।मध्यराति अमेरीका र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । गत संस्करणको च्याम्पियन उपाधि होडलाई बलियो बनाउने लक्ष्यका साथ थाइल्याण्डसँग खेल्न लागेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया