आदर्शमाविका विद्यार्थि द्धरा लसर्घामा राहत हस्तान्तरण

प्रकाशित मिति:

लसर्घा । कही दीन अघी कालीगण्डकी २ लसर्घामा वाढीवाट भएको क्षतीको स्थलगत तथा राहत हस्तान्तरण कार्यक्रम लसर्घामा सम्पन्न भएको छ । आदर्श मा वि युवा रेडक्रस सर्कलबाट लसर्घा बाढी पिडितका लागी नगद रु १०,०४५ हस्तान्तरण गरीएको छ । आदर्श मा वि युवा रेडक्रस सर्कलका पदाधिकारी,यु रे स शिक्षक नायक नारायण प्रसाद न्यौपाने , सह शिक्षक नायक कृष्णप्रसाद पाण्डेय लगाएत अन्य शिक्षकहरुको टोलीबाट स्थलगत निरीक्षण र राहत हस्तान्तरण गरीएको प्राधानाध्यापक भिम थापाले जानकारी दीनुभएको छ ।