१९ औं अन्तर्राष्ट्रिय युवा दिवस आईतबार विभिन्न कार्यक्रम गरि मनाईयो

प्रकाशित मिति:

१९औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शान्ति निर्माण, रोजगारी तथा उद्यमशिलतामा युवाहरुको भुमिका बारे दुई दिने युवा सम्मेलन आइतबारदेखि भैरहवामा सुरु भएको छ । नमुना एकीकृत विकास परिषद रुपन्देहीको आयोजना, ग्रिन युथ अफ लुम्बिनीको सहआयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा सम्मेलन सुरु भएको हो ।
शान्ति निर्माणमा युवाहरुको भुमिकाको बारेमा युवाहरुलाई जानकारी दिन, युवाहरुलाई रोजगारउन्मुख बनाउन उत्प्रेरणा जगाउन, युवाहरुलाई व्यवसायिक तथा उद्यमशिल बन्न प्रेरित गर्ने, युवाहरुको अवसर र चुनौती विश्लेषण गर्न राज्यले खेल्ने भुमिकाका बारेमा विभिन्न निकायलाई जानकारी गराउन ध्यानाकर्षण गराउने उद्धेश्यले सम्मेलनको आयोजना गरिएको आयोजक संस्था नमुना एकीकृत विकास परिषद रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्यालले बताउँनु भयो ।
सम्मेलनको उद्घाटन गर्दै प्रदेश नं. ५ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले युवाहरुको भावना बुझेर मुलुक अगाडी बढनुपर्ने आवश्यकता रहेको बताउँनु भया । उहाले अबको समयमा अल्छी नगरी सक्रियतापूर्वक काम गर्नुपर्ने बताउँदै सम्मेलनले युवाहरुलाई मार्गनिर्देशन दिन सकोस भन्ने शुभकामना दिनुभयो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले युवा दिवस मनाइरहँदा अघिल्लो दिवसमा प्रतिबद्धता गरिएका विषयवस्तुहरुको समिक्षा गर्नुपर्नेमा जोड दिनु भयो ।
त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले युवाहरुको विदेश पलायनलाई रोक्न सरकारले विशेष योजना ल्याउनुपर्ने बताउँनु भयो ।
लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णु प्रसाद ढकालले हरेक परिवर्तनमा युवाहरुको महत्वपूर्ण भुमिका रहे पनि राष्ट्रिय विकासमा युवाहरुको अपेक्षित सहभागिता हुन नसकेको बताउँनु भयो ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले युवाहरु राष्ट्रको मेरुदण्ड भएको र मेरुदण्ड नै कमजोर भए राष्टको विकास हुन नसक्ने बताउँनु भयो ।
कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारी, लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरका अध्यक्ष माधव ढुंगाना लगायतले बोल्नु भएको थियो ।
तालिममा सियारी, शुद्धोधन गाउँपालिका तथा तिलोत्तमा नगरपालिकाका विभिन्न ३० वटा स्काइ क्लबका सदस्य सहित करिब २ सय ७५ जनाको सहभागिता रहने नमुना एकीकृत विकास परिषद रुपन्देहीका परियोजना व्यवस्थापक अशोक कुमार चौधरीले जानकारी दिनु भयो ।