५० लाखको पिडालु…………….

प्रकाशित मिति:

सुदिप गौतम/बुटवल – ५० लाखको पिडालु भन्दा तपाई अचम्ममा पर्नु भो होला हैन ? एउटा पिडालुलाई कसरि ५० लाख पर्यो भनेर । नझुक्किनु होला तपाईले सोचेजस्तो तरकारीको रुपमा प्रयोग गरिने पिडालुको मूल्य ५० लाख परेको होईन । यो एउटा लोक दोहोरि गितको प्रसंग हो । पछिल्लो समयमा लोक गित संगीतले एउटा फड्को मार्न थालेको छ । लोक गित भन्दा निधार खुम्च्याउनेहरु आज लोक गितमा छमछम नाचेको देख्न पाउछौ । यो समग्र नेपाली लोक गितक्षेत्र को लागि सुखद कुरा हो ।

इनाक्क्षि ईन्टरटेनमेन्ट मार्फत बजारमा आएको लोक गायक तेजस रेग्मीको गित “पिडालु ” ले ५० लाख युटूब भ्यूज कमाएको छ । हामीले यो समाचार तयार पार्दा सम्म ५१ लाख ९४ हजार ४ सय ९१ पटक हेरिएको छ । तेजस रेग्मीकै लय स्वर शब्द रहेको छ । भने महिला आवाजमा बिष्णु माझी को स्वर रहेको छ । सामाजिक संजाल टिक टक मा यसका धेरै भिडियोहरु बनेका छन ।गितको एरेन्ज आसिस अविरल ले गरेका हुन् ।

भिडियोमा भद्रगोल कि चर्चित कलाकार रक्ष। श्रेष्ठ, गायक तेजस रेग्मी र कुलेंद्र बि क ले अभिनय गरेका छन । गितको निर्देसन शिब बिक ले गरेका छन । गित करोड क्लबको नजिक पुगेको छ । गितको सफलताको शुभकामना |