पत्रकारको हत्या

२९ जेष्ठ २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
32 Shares


मेक्सिको  – मेक्सिकोको दक्षिण पश्चिममा मङ्गलबार एक जना पत्रकारको हत्या भएको छ । प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो ।

उनले टाबास्को राज्यका अरु सञ्चार माध्यममा समेत कार्य गरेकी थिइन् । मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी उनी छैटौं पत्रकार हुन् । पत्रकारहरुका लागि विश्वमै मेक्सिको सबैभन्दा खतरनाक मुलुक हो । सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थका तस्कर र राजनीतिक भ्रष्टाचारीका कारण पत्रकारको ज्यान जोखिममा पर्ने गरेको अध्ययनहरुले देखाएका छन् । हत्याका आरोपीहरुमाथि त्यहाँ बिरलै सजाय हुने गरेको छ । -एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आज मात्र थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि,भएसंगै संक्रमितको संख्या…
  • क्वारेन्टिनमा बसेकी बाजुराकी महिलाले बच्चा जन्माईन
  • किसानको तरकारी नगरपालिकाबाट खरिद बिक्री
  • क्वारेन्टाइन बसेर घर जाने प्रवासीलाई सित्तैमा कण्डम
  • स्कुल अफ डेमोक्रेसीको संरचना प्रदेश र जिल्ला तहमा ! गण्डकी…
  • जनमुक्ति पार्टीको माग : कोरोनाविरुद्ध लड्न सर्वदलीय संयन्त्र बनाऊ
  • रुकुमको घटनामा सत्य तथ्यका छानविनका लागी संसदीय समिति गठन गर्न…
  • रुकुम र देवदह घटनामा संयुक्त राष्ट्र संघको गम्भीर चासो ,…
  • फेसबुक संस्थापक जुकरबर्गले दुई महिनामै कमाए ३० अर्ब डलर
  • काँग्रेस केन्द्रीय समिति आज वैठक वस्ने